गौहत्याको विरोधमा राजधानीमा भव्य प्रदर्शन

काठमाडौं । वैदिक सनातन धार्मिक महासंघले गौहत्याको विरोध गर्दै काठमाडौंमा  प्रदर्शन गरेको छ । राजधानीको माइतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म गौहत्याको विरोधमा प्रदर्शन गरिएको हो ।

विरोधमा सहभागी भएकाहरूले गौहत्यारालाई कारबाही गर्न सरकारसँग माग गर्दै नाराबाजी गरेका थिए । उनीहरूले क्रिश्चियन धर्मको प्रचारबाजी निषेध गर्न पनि माग गरेका छन् । नेपालमा सनातन धर्म, संस्कृतिविरोधी गतिविधि बढेकाले आफूहरू प्रदर्शनमा उत्रनु परेको र नेपाल हिन्दु राष्ट्र हुनुपर्ने प्रदर्शनकारीहरूले मागसमेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर