एनभिडियाका सीईओ जेन्सेन हुआङले राजीनामा दिए
काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाको बोर्ड (सञ्चालक समिति) ले कम्पनीका सीईओ जेन्सेन हुआङले राजीनामा दिएको घोषणा गरेको छ।
‘जासुस’ चिनियाँ महिला एलिस हुआङसँग प्रेम सम्बन्धका कारण अनुसन्धानमा तानिएका जेन्सेन हुआङले यसअघि कम्पनीकै महिला कार्यकारीसँग पनि अफेयर रहेको खुलासाबिच राजीनामा दिएका हुन्। कम्पनीको स्थायी उत्तराधिकारी नियुक्त नभएसम्मका लागि वित्त प्रमुख कोलेट क्रेसले अन्तरिम प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हाल्ने भएकी छन्।
पहिले कम्पनीमै काम गर्ने पाँच जनाले जेन्सेन हुआङको दोस्रो अफेयर हाल एनभिडियाको हेल्थकेयरकी उपाध्यक्ष रहेकी किम्बर्ली पावेलसँग रहेको जानकारी दिएका हुन्। एलिस हुआङसँगको सम्बन्ध त जेन्सेन हुआङ स्वयंले स्वीकार गरिसकेका छन्। यस विषयमा उनले पत्नीसँग माफीसमेत मागिसकेका छन्।
