एनपीएल : आज विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज बिहीबार दुई खेल हुँदैछन् । भाइटीकाको अवसरमा बुधबार प्रतियोगितामा विश्राम दिइएको थियो । एक दिनको विश्रामपछि आज पुनः दुई खेल हुन लागेका हुन् ।

आजको पहिलो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । त्यस्तै, आजको दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। यी दुई टोलीबीचको खेल साँझ ५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा सहभागी टोलीहरू प्लेअफको सम्भावना बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रिनेछन् । आजका दुवै खेलले टोलीहरूको अङ्कतालिका र आगामी यात्रामा प्रभाव पार्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर