एनपीएलअन्तर्गत आज दुई खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । आज अपराह्न साढे १२ बजेदेखि हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स आमने सामने हुँदैछन् ।

जारी प्रतियोगितामा लुम्बिनी लायन्स अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ । तीन खेल खेलेको लुम्बिनीले दुई जित र एक खेलको नतिजा नआउँदा पाँच अंक जोडेर शीर्ष स्थानमा छ ।

त्यस्तै चार खेलमा २ जित र २ हारसहित जनकपुर बोल्ट्स ४ अंक हासिल गर्दै चौथो स्थानमा रहेका छन् । त्यस्तै आज साँझ हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौँ गोर्खाज आमने सामने हुँदैछन् ।

जारी प्रतियोगितामा विराटनगर किंग्सले ४ खेलमा २ जित र २ हार बेहोरेको छ भने अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । त्यस्तै काठमाडौँ गोर्खाजले २ खेलमा एक जित र एक हार बेहोरेको छ र सातौं स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर