आज शुक्रबार सुनमा २९ सय र चाँदीमा १५ रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य २ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९५ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर तोलाको ४ हजार ४०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ३९० रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया
