चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ । चोलेन्द्रको घरमा छापा मारेर विभागले महत्त्वपूर्ण कागजात बरामद गरिएको बताइएको छ । विभागले चोलेन्द्रलगायत उनका निकट सहयोगी र केही नातेदारको घरमा समेत छापा मारेको बताइन्छ ।
पूर्वप्रधानन्यायाधीश जबरालाई यही असोज ११ गते मध्यराति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनको घरबाटै ‘नियन्त्रणमा’ लिएको थियो । विनापूर्जी पक्राउ गरिएका उनलाई करिब १२ घण्टा प्रहरी कार्यालय राखेर छाडिएको थियो ।
प्रतिक्रिया
