आज मंगलबार नेप्से परिसूचक ११.९६ अंकले बढ्यो
काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसूचक ११.९६ अंकले बढेको छ । अघिल्लो दिन २० अंकले घटेको बजार आज दोहोरो अंकले बढ्दै २ हजार ५७८.७३ विन्दुमा पुगेको हो ।
आज १६९ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको घटेको छ भने १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । सेन्सेटिभ इन्डेक्स पनि २ अंकले बढेर ४६१.८६ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका १३ उपसूचकमध्ये ११ वटा बढेका छन् भने २ वटा घटेका छन् । परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ ।आज ३५९ कम्पनीका ८९ लाख ५५ हजार २३० कित्ता सेयर ४१ हजार ६०७ पटक किनबेच हुँदा ३ अर्ब १३ करोड ८१ लाख १९ हजार ५२८ रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया
