आज मंगलबार सुनको भाउ स्थिर, चाँदी १५ रुपैयाँ सस्तो

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ सोमबारकै मूल्य कायम भएको छ । हिजोे सोमबार छापावाल सुन प्रति तोलाको २ लाख ९१ हजार ५ सयमा कारोवार भएकोमा आज मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, आज मंगलबार चाँदीको मूल्य भने सोमबारको तुलनामा प्रति तोला १५ रुपैयाँ सस्तो भएको छ । हिजो सोमबार चाँदी तोलाको ४ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएकोमा आज चाँदी ४ हजार ४ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर