आज शुक्रबार सुनमा १५ सय र चाँदीमा २५ रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको हो । बिहीबार सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । हिजो बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँ कायम थियो । हिजो बिहीबारको तुलनामा आज शुक्रबार २५ रुपैयाँले बढेको छ ।
प्रतिक्रिया
