आज असोज १६ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज १६ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ८१ पैसा र बिक्रीदर १५४ रुपियाँ ४१ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ३१ पैसा र बिक्रीदर १७३ रुपियाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपियाँ ९४ पैसा र बिक्रीदर २०३ रुपियाँ ७४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपियाँ ७६ पैसा र बिक्रीदर १८४ रुपियाँ ४८ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपियाँ ६१ पैसा र बिक्रीदर १०७ रुपियाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ ८८ पैसा र बिक्रीदर १०८ रुपियाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपियाँ ०१ पैसा र बिक्रीदर १२० रुपियाँ ४८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ७१ पैसा र बिक्रीदर नौ रुपियाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ९४ पैसा र बिक्रीदर २३ रुपियाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ९६ पैसा र बिक्रीदर ४१ रुपियाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ २० पैसा र बिक्रीदर ४२ रुपियाँ ३६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५६ पैसा र बिक्रीदर चार रुपियाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ८८ पैसा र बिक्रीदर ४२ रुपियाँ ०४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ६६ पैसा र बिक्रीदर ३७ रुपियाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ २६ पैसा र बिक्रीदर ११ रुपियाँ ३० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ २९ पैसा र बिक्रीदर १५ रुपियाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ १८ पैसा र बिक्रीदर २३ रुपियाँ २७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ६० पैसा र बिक्रीदर १९ रुपियाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४९९ रुपियाँ ४६ पैसा र बिक्रीदर ५०१ रुपियाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ४०७ रुपियाँ ९७ पैसा बिक्रीदर ४०९ रुपियाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३९९ रुपियाँ ५१ पैसा र बिक्रीदर ४०१ रुपियाँ ०७ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर