पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय

काठमाडौं । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपालमा यथावत् राखिएको जानकारी दिएको छ। इन्डियन आयल कर्पोरेशनबाट मूल्यवृद्धि भएर आए पनि भोटेकोसीमा आएको असाधारण बाढीपहिरोका कारण सिर्जित परिस्थिति, आउँदै गरेका चाडपर्व तथा उपभोक्ताको हितलाई मध्यनजर गरेर मूल्य यथावत् राखिएको निगमले जनाएको हो।

निगमले विज्ञप्ति जारी गर्दै असोज १४ गते इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य प्राप्त भएको जनाएको छ। जसमा पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेलमा २० रुपैयाँ २१ पैसा, मट्टिलेटमा १५ रुपैयाँ ९६ पैसा र हवाई इन्धनमा प्रतिलिटर १८ रुपैयाँ ६६ पैसा बढेर आएको छ।

त्यसैगरी ग्यासको भाउ प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसा बढेर आए पनि पनि मूल्य यथावत राखिएको निगमले जनाएको छ। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपालमा हालकै मूल्य यथावत् राख्दा पाक्षिक रूपमा ३ अर्ब २० करोड रुपैयाँभन्दा धेरै घाटा हुने नेपाल आयल निगमले जनाएको छ।

इन्डियन आयल कर्पोरेशनबाट हिजो बुधबार पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपालमा नबढाइएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको हो। भारतबाट मूल्यवृद्धि भएर आए पनि नेपालमा हालकै मूल्य काय राख्दा निगमलाई पाक्षिक रुपमा ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ।

भोटेकोसीमा आएको असाधारण बाढीपहिरोका कारण सिर्जित परिस्थिति, आउँदै गरेका चाडपर्व तथा उपभोक्ताको हितलाई मध्यनजर गरेर मूल्य यथावत् राखिएको निगमले बुधबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल लगायत छन्।

यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ रुपैयाँ कायम गरिएको छ। काठमाडौँतर्फको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर १ हजार ६९७ अमेरिकी डलर निर्धारण गरिएको छ। निगमले १४.२ किलोग्रामको एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै कायम राखेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर