आज आइतबार सुनमा ७ सय र चाँदीमा ३० रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा अस्ति शुक्रबारको तुलनामा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्य प्रति तोला ७ सय रुपैयाँले बढेको छ। अस्ति शुक्रबार प्रति तोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै, अस्ति शुक्रबारको तुलनामा आज आइतबार चाँदीको मूल्य पनि प्रति तोला ३० रुपैयाँले बढेको छ। अस्ति शुक्रबार प्रति तोला ४ हजार ६ सय २० रुपैयाँ रहेको चाँदी आज बढेर ४ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया
