कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना बन्द

काठमाडौं ।  कालीगण्डकी नदीमा आएको बाढीका कारण १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना बन्द गरिएको छ । कालीगण्डकी नदीले मिर्मीस्थित करिब ५० मिटर लामो पक्की पुलसमेत बगाएको छ ।

कालीगण्डकीमा पानीको बहाव बढेसँगै स्याङ्जाको बेलटारीस्थित पावर हाउसबाट पानी बाहिरिने ‘टेलरेस’ भन्दा नदीको सतह १५ मिटरमाथि पुगेपछि आयोजना बन्द गरिएको हो । आयोजनाको मिर्मीस्थित कार्यालयका सहायक प्रशासनिक अधिकृत ठाकुर पाण्डेका अनुसार पावर हाउसको टेलरेस क्षेत्रनै डुबानमा परेपछि विद्युत् उत्पादन बन्द गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर