आजका लागि विभिन्न कृषि उपजको थोक मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको न्यूनतम तथा अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। मूल्यसूचीअनुसार बजारमा तरकारी, फलफूल, सागपात, च्याउ तथा अन्य कृषि उपजको मूल्यमा ठूलो अन्तर देखिएको छ।
आज पार्सले प्रतिकिलो २ हजार ४ सयदेखि २ हजार ८ सय रुपैयाँसम्म कारोबार भइरहेको छ। त्यस्तै सिताके च्याउ ८ सयदेखि १ हजार रुपैयाँ, कुरिलो ५ सयदेखि ६ सय रुपैयाँ, पुदीना ६ सयदेखि ७ सय रुपैयाँ र हरियो धनिया ४ सयदेखि ५ सय रुपैयाँसम्म रहेको छ।
तरकारीतर्फ लोकल गाजर प्रतिकिलो १ सयदेखि १ सय ३० रुपैयाँ, तराईको गाजर ८० देखि ९० रुपैयाँ, स्थानीय काउली १ सय २० देखि १ सय ४० रुपैयाँ र लोकल बन्दा ५० देखि ७० रुपैयाँसम्म रहेको छ। मूला ३० देखि ४० रुपैयाँ, लाम्चो भन्टा ४० देखि ५० रुपैयाँ र तने बोडी ४० देखि ५० रुपैयाँसम्म रहेको छ।
घिउ सिमी प्रतिकिलो ६० देखि ७० रुपैयाँ, टाटे सिमी ७० देखि ८० रुपैयाँ, भटमासकोशा १ सय ८० देखि २ सय रुपैयाँ, तितो करेला ७० देखि ८० रुपैयाँ र लौका ६० देखि ७० रुपैयाँसम्म रहेको छ। यस्तै चिचिण्डो २० देखि ३० रुपैयाँ र स्कुस १० देखि २० रुपैयाँसम्म रहेको छ।
सागपाततर्फ रायो, पालुङ्गो र तोरीको साग प्रतिकिलो १ सयदेखि १ सय २० रुपैयाँसम्म छ। हरियो प्याज २ सय ५० देखि ३ सय रुपैयाँ, जिरीको साग १ सय ५० देखि २ सय रुपैयाँ र सेलरी ३ सयदेखि ४ सय रुपैयाँसम्म रहेको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३ सयदेखि ३ सय ५० रुपैयाँ, जुम्लाको स्याउ २ सय ५० देखि ३ सय ५० रुपैयाँ र मुस्ताङको स्याउ १ सय ३० देखि १ सय ६० रुपैयाँसम्म रहेको छ। नेपाली केरा दर्जनको १ सय ५० देखि २ सय रुपैयाँ र मालभोग केरा १ सयदेखि १ सय ५० रुपैयाँसम्म रहेको छ। कागती प्रतिकिलो २ सयदेखि ३ सय रुपैयाँ, अनार २ सयदेखि ३ सय रुपैयाँ, किवी ३ सय ५० देखि ४ सय रुपैयाँ र एभोकाडो ३ सयदेखि ३ सय ५० रुपैयाँसम्म रहेको छ।
मसला तथा अन्य उपजमा अदुवा प्रतिकिलो २ सयदेखि २ सय ३० रुपैयाँ, सुकेको खुर्सानी ५ सयदेखि ५ सय ५० रुपैयाँ, हरियो लाम्चो खुर्सानी २ सयदेखि २ सय ३० रुपैयाँ, चिनियाँ सुकेको लसुन २ सय २० देखि २ सय ६० रुपैयाँ र नेपाली सुकेको लसुन २ सयदेखि २ सय ३० रुपैयाँसम्म रहेको छ। यस्तै सुकेको माछा प्रतिकिलो ८ सयदेखि १ हजार रुपैयाँ, ताजा रहु माछा ३ सय ४० देखि ३ सय ७० रुपैयाँ, बचुवा माछा ३ सयदेखि ३ सय ४० रुपैयाँ र छडी माछा ३ सय २० देखि ३ सय ५० रुपैयाँसम्म रहेको छ।
