आज शुक्रबार सुनमा ५ सय र चाँदीमा ३० रुपैयाँ घट्यो
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला ५ सय रुपैयाँले घटेको छ। हिजो बिहीबार प्रति तोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै, आज शुक्रबार चाँदीको मूल्य पनि प्रति तोला ३० रुपैयाँले घटेको छ। हिजो बिहीबार प्रति तोला ४ हजार ६ सय ५० रुपैयाँ रहेको चाँदी आज घटेर ४ हजार ६ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया
