आज बिहीबार सुनमा ३२ सय र चाँदीमा ६५ रुपैयाँ घट्यो
काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य तीन हजार दुई सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला दुई लाख ९९ हजार एक सय रुपैयाँमा किनबेच भइरहेको छ।
हिजो बुधबार सुन प्रति तोला तीन लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज बिहीबार चाँदीको मूल्य पनि घटेको छ। हिजो चाँदी हिजो बुधबार प्रति तोला चार हजार सात सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा चार हजार ६ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रुपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार दुई सय ९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया
