आज सोमबार सुनमा १३ सय घट्यो भने चाँदीमा १० रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतबार सुन प्रति तोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो।

त्यस्तै, आज सोमबार चाँदीको मूल्य भने प्रति तोला १० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रति तोला ४ हजार ८ सय ५ रुपैयाँ पुगेको छ। हिजो आइतबार चाँदी प्रति तोला ४ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर