साताको अन्तिम दिन नेप्से २२ अंकले बढ्यो

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको अन्तिम कारोबारको दिन आज शुक्रबार २२.८५ अंकले बढेर २६४७.२२ बिन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकमसमेत बढेको छ।

आज ३४५ कम्पनीको २ करोड १२ लाख २७ हजार कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको छ। कारोबार भएका कम्पनीमध्ये १९६ कम्पनीको सेयरमूल्य बढेको छ भने ७४ कम्पनीको घटेको छ। ९ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। आज फाइनान्स र अन्य समूहबाहेक अधिकांश समूहका सेयरमूल्यमा सुधार आएको छ। समूहगत रूपमा ११ कम्पनीका सेयरमूल्यमा उल्लेख्य सुधार देखिएको छ।

कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको ३२ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै लक्ष्मी सनराइज बैंकको २७ करोड १६ लाख रुपैयाँ र ग्लोबल आइएमई बैंकको २३ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

शुक्रबार स्नो रिभर्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको सेयरमूल्य १३.६६ प्रतिशतले बढेको छ। इन्फिनिटी लघुवित्तका लगानीकर्ताले ९.८१ प्रतिशत र मैलुङ खोलाका लगानीकर्ताले ८.८४ प्रतिशत कमाएका छन्। यता हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। कम्पनीको सेयरमूल्य १५ प्रतिशतले घटेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर