आज शुक्रबार सुनमा ३६ सय र चाँदीमा १५० रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबारको तुलनामा आज शुक्रबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँ बढेको छ। आज शुक्रबार छापावाल सुन प्रति तोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बिहीबार सुनको मूल्य तोलाको २ लाख ९९ हजार ५ सय रुपैयाँ थियो।
यस्तै, आज शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी प्रति तोलामा १ सय ५० रुपैयाँ बढेर तोलको ४ हजार ७ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो बिहीबार चाँदी प्रति तोला ४ हजार ६ सय २५ रुपैयाँ थियो।
प्रतिक्रिया
