आज मंगलबार सुनचाँदी दुबैको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ। हिजो सोमबारको तुलनामा आज सुनको मूल्य प्रति तोला ९०० रुपैयाँले घटेको छ । हिजो सुन प्रति तोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनमा आज ९०० रुपैयाँले घटेर ३ लाख १ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, आज मंगलबार चाँदी प्रति तोलामा २० रुपैयाँ घटेर ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो सोमबार चाँदी तोलाको मूल्य ४ हजार ५ सय ८० रुपैयाँ थियो ।
प्रतिक्रिया
