युक्रेन र रुसबिच ऊर्जा क्षेत्रमा आक्रमण नगर्ने सहमति
काठमाडौं । युक्रेन र रुसले एकअर्काका ऊर्जा सुविधाहरूलाई निशाना नबनाउने सहमति जनाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन् । यसअघि उनले किएभलाई रुसी तेल रिफाइनरीहरूमाथि प्रहार गरेको भन्दै आलोचना गरेका थिए ।
“युक्रेनले रुसी ऊर्जा लक्ष्यहरूमाथि प्रहार नगर्ने सहमति जनाएको छ । रुसले पनि त्यस्तै गर्न सहमति जनाएको छ । विश्वको डिजेल मूल्य वृद्धि मुख्यतया रुस/युक्रेन युद्धका कारण भएको तर इरानका कारण नभएको देख्न सकिन्छ,” राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल सञ्जालमा लेखेका छन् ।
मध्यपूर्वमा युद्ध साढे छ महिना पुग्दा तेलको मूल्य आकासिएको छ, जसले अमेरिकी इन्धन लागत र मुद्रास्फीति बढाएको छ । यो अमेरिकी मध्यकालीन चुनाव हुनुभन्दा केही हप्ताअघिको अवस्था हो ।
प्रतिक्रिया
