आज सोमबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यसको मूल्य प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ थियो। त्यस्तै, सोमबार सुनको मूल्य १० ग्रामको २ लाख ५८ हजार ६० रुपैयाँ कायम भएको छ।

यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँ थियो। चाँदीको मूल्य १० ग्रामको ३ हजार ९६१ रुपैयाँ कायम भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर