साताको कारोबारको अन्तिम दिन बढ्यो नेप्से
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २७.९४ अंकले बढेर २ हजार ५५९.४९ विन्दुमा पुगेको हो । आज शुक्रबार ३४५ कम्पनीका १ करोड २० लाख ८६ हजार कित्ता सेयर कारोबार भएका छन् । यसदिन बजारमा कुल ४ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
बजारमा सबै १३ उपसूचकमा हरियाली छाएको छ । विकास बैंक समूहको सूचक १.०५ प्रतिशत र ऊर्जा समूहको सूचक १.८३ प्रतिशतले बढेको छ । यसदिन २३७ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज शुक्रबार कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया
