आज बिहीबार सुनमा ४८ सय र चाँदीमा २ सय ५५ रुपैयाँ घट्यो
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन(चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबार सुन प्रति तोला तीन हजार चार सय रुपैयाँ बढेको सुनको भाउ आज तोलामा चार हजार आठ सय रुपैयाँ घटेको छ। यसरी आज सुन प्रति तोला तीन लाख एक हजार रुपैयाँ कायम भएको छ। हिजो बिहीबार सुन प्रति तोलाको तीन लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। हिजो बिहीबार चाँदी प्रति तोला चार हजार आठ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको आज एक तोलामा चार हजार ६ सय रुपैयाँ कायम भएको छ। आजको यो मूल्य हिजो बिहीबारको तुलनामा प्रति तोला दुई सय ५५ रुपैयाँ घटेको हो।
प्रतिक्रिया
