नयाँ उद्योगमन्त्रीको ग्यास आपूर्ति गर्ने प्रतिबद्धता

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले २०८३ भदौ २५ गते बिहीबार राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गरेपछि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । मन्त्रालयमा उनलाई सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायतका कर्मचारीहरूले स्वागत गरेका थिए ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री साहले राजीनामा दिएर बाहिरिएकी निवर्तमान मन्त्री गौरीकुमारी यादवसँग परामर्श गरी विगतका काम र प्रगतिको जानकारी लिएर अगाडि बढ्नु आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।

यस्तै, आम नागरिकलाई ग्यास आपूर्तिको विषयमा सोधिएको प्रश्नमा मन्त्री साहले मन्त्रालयभित्र छलफल गरेर ठोस निर्णय लिइने र “जनताको आवश्यकता जति ग्यास दिनैपर्छ“ भन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर