सामाजिक क्षेत्रमा क्षति
सामाजिक क्षेत्रअन्तर्गतका निजी तथा सार्वजनिक भवन र संरचनामा क्षति पुगेको छ । जसमध्ये २६.९ प्रतिशत निजी भवन (आरसिसी तथा अन्य प्रकार) मा क्षति पुगेको छ । मूल्यका हिसाबले यी भवनमा पुगेको क्षतिको हिस्सा ७३.४ प्रतिशत छ ।
त्यसैगरी, सिमेन्टले बनेका भवन प्रभावितको हिस्सा ४२.५ प्रतिशत छ । मूल्यका हिसाबले यो २०.८ प्रतिशत हो । प्रभावितमध्ये माटोले बनेका भवनको हिस्सा ३०.६ प्रतिशत छ । जसको मूल्यका हिसाबले ५.८ प्रतिशत बराबर छ । बाढीका कारण प्रभावित भन्सार कार्यालयको भवन ४.२ प्रतिशत रहेको भए पनि मूल्यका हिसाबले ३५.४ प्रतिशत हो ।
प्रभावितमध्ये अन्त्येष्टिस्थलको हिस्सा १६.७ प्रतिशत छ । मूल्यका हिसाबले यसमा ४.६ प्रतिशत क्षति भएको छ । धार्मिकस्थलका प्रभावित संरचनाको हिस्सा १२.५ प्रतिशत छ भने मूल्यका हिसाबले ६.५ प्रतिशतबराबर क्षति पुगेको छ । बाढीका कारण प्रभावितमध्ये प्रहरी चौकीका संरचना १०.४ प्रतिशत छन् । जुन मूल्यका हिसाबले ११.३ प्रतिशत हो । सरकारी कार्यालय भवनको हिस्सा १२.५ प्रतिशत छ, जुन मूल्यका हिसाबले ८.८ प्रतिशत हो ।
त्यसैगरी, स्वास्थ्य भवनको हिस्सा ८.३ प्रतिशत छ, जुन मूल्यका हिसाबले पाँच प्रतिशत हो । नेपाली सेनाको प्रभावित संरचनाको हिस्सा ४.२ प्रतिशत छ । जुन मूल्यको हिसाबले ५.९ प्रतिशत हो ।
कारागार भवनतर्फ कुल ४.२ प्रतिशत र मूल्यका हिसाबले पाँच प्रतिशत क्षति पुगेको छ । प्रभावितमध्ये कर्भडहलको हिस्सा ४.२ प्रतिशत छ । जुन मूल्यका हिसाबले २.८ प्रतिशत हो । बाढीका कारण प्रभावित संरचनामध्ये खेलकुदसँग सम्बन्धित ४.२ प्रतिशत छन् । जुन मूल्यका हिसाबले १.४ प्रतिशत क्षति भएको छ ।
ज्येष्ठ नागरिक भवन प्रभावित संरचनाको हिस्सा २.१ प्रतिशत छ । जसको मूल्यको हिस्सा ५.१ प्रतिशत छ । प्राधिकरणका अनुसार प्रभावित भवनमध्ये सभाहलको हिस्सा २.१ प्रतिशत छ भने यो मूल्यका हिसाबले ०.६ प्रतिशत हो ।
सरकारी बैंक भवन प्रभावित संरचनाको हिस्सा २.१ प्रतिशत र यो मूल्यका हिसाबले १.४ प्रतिशत हो । सामुदायिक भवन प्रभावित संरचनाको हिस्सा २.१ प्रतिशत छ भने मूल्यका हिसाबले ३.६ प्रतिशत हो । त्यस्तै, अन्य भवन प्रभावित संरचनाको ४.२ प्रतिशत र कुल क्षति मूल्यको २.१ प्रतिशत रहेको प्राधिकरणको भनाइ छ ।
