आज बिहीबार सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ। आज बिहीबार सुन तोलामा ३ हजार ४ सय रुपैयाँ बढेर प्रति तोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार सुन तोलाको ३ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज बिहीबार चाँदी तोलामा १०५ रुपैयाँ बढेर ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो बुधबार चाँदी प्रति तोला ४ हजार ७ सय ५० रुपैयाँ थियो ।
प्रतिक्रिया
