उपभोक्तालाई ग्यास वितरण गरिँदै

काठमाडौं ।  रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले कृष्णभिर सडक खण्ड कटान गरेपछि काठमाडौं भित्रिने प्रमुख स्थलमार्ग पृथ्वी राजमार्ग ८ दिनदेखि अवरूद्ध रहेको छ । काठमाडौं भित्रिने मुख्य सडक अवरूद्ध हुँदा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा असर परेको छ।

काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको माग र आपूर्तिमा देखिएको असहजतालाई समाधान गर्न सरकारले द्रुत गतिमा काम अघि बढाएको छ। नागरिकलाई  असहजता नहोस् भन्ने उद्देश्यले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल आयल निगमको समन्वयमा उपत्यकाका विभिन्न डिपोमार्फत ग्यास वितरण भइरहेको छ ।

बजारमा ग्यास अभावको भ्रम फैलिएर नागरिक आतङ्कित नबनुन् भनेर सरकारले प्रत्यक्ष निगरानीमा उपभोक्तासम्म ग्यास पुर्‍याउने प्रबन्ध मिलाएको हो। निगमले उद्योगी तथा विक्रेतासँग समन्वय गरी उपत्यकाका मुख्य-मुख्य क्षेत्रमा रहेका आधिकारिक डिपोबाट पालैपालो सहज रूपमा ग्यास पाउन सकिने व्यवस्था मिलाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर