एनसेलका सिइओले किन राजीनामा दिए ?

काठमाडौं । नेपालमा विदेशी लगानीका लागि सहज वातावरण नरहेको भन्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) माइकल फोलेले राजीनामा दिएका छन्।

नियुक्ति भएको एक वर्ष पनि नपुग्दै फोलेले राजीनामा दिएका हुन्। एनसेलको लगानी, २५ वर्षे अनुमतिपत्रको विवाद, कम्पनीमाथि भइरहेका कानुनी तथा नियामकीय हस्तक्षेप र पारिवारिक दबाबलगायत कारणले उनले कम्पनी छाडेको बताइएको छ ।

भदौ ९ गते दिएको उनको राजीनामा स्वीकृत भइसकेको छ। नयाँ सिइओ नियुक्त नभएसम्म कम्पनीका प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत डिल्लीराम श्रेष्ठले अन्तरिम व्यवस्थाअन्तर्गत ‘लिमिट्स अफ अथोरिटी’ लिएर सिइओको जिम्मेवारी सम्हाल्ने भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर