आज शुक्रबार सुनमा २५ सय र चाँदीमा ४० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य प्रति तोला २ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रति तोला ३ लाख ७ हजार ४ सय रुपैयाँ कायम गरेको छ ।

हिजो बिहीबार सुन तोलाको ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ आज तोलामा ४० रुपैयाँ बढेर ४ हजार ७६५ रुपैयाँ पुगेको छ । हिजो बिहीबार ४ हजार ७२५ रुपैयाँ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर