वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने

काठमाडौं । राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिन नेपाल आयल निगमले आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।

धादिङ बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभिर नजिकै त्रिशूली नदीले कटान गरेर सडक भासिएपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएपछि अत्यावश्य सामग्री अभाव हुने आशंकाबीच आयल निगमले आपूर्तिमा समस्या नहुने जनाएको हो ।

राजमार्ग अवरुद्ध भएलगत्तै निगमले वैकल्पिक मार्गमार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यास काठमाडौं ल्याउने वैकल्पिक मार्गको तयारी थालेको छ ।

निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले सडक अवरुद्ध भएपछि मकवानपुर (हेटौंडा) को वैकल्पिक बाटो प्रयोग गरेर इन्धन भित्र्याइने जानकारी दिए ।

‘मकवानपुरको बाटो हुँदै इन्धन र ग्यास ढुवानी गर्दैछौं,’ कार्यकारी निर्देशक साहले भने, ‘ग्यासका धेरैजसो प्लान्ट तराईमै छन्, त्यहाँबाट ग्यास लोड गराएर वैकल्पिक बाटोबाटै ल्याउँछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर