बाढी प्रभावित क्षेत्रमा टेलिकमको निरन्तर निःशुल्क सेवा

काठमाडौं । बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा नेपाल टेलिकमले अर्को व्यवस्था नभएका लागि निरन्तरता दिने भएको छ । राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले उक्त सुविधा थप समयका लागि निरन्तरता दिएको हो ।नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार कम्पनीले उपलब्ध गराएको निःशुल्क सेवा उपभोग गर्न अनुरोध गरेको छ ।

विपद्का समयमा प्रभावित नागरिकलाई  सञ्चार सम्पर्क कायम गर्न सहज होस् भन्ने उद्देश्यले निःशुल्क सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।यसअघि भदौ १४ गतेसम्मका लागि निःशुल्क भ्वाइस कल, प्रतिदिन दुई जिबी डाटा र ५० वटा एसएमएस सुविधा उपलब्ध गराइएको थियो । विपद्को यस अवस्थामा नेपाल टेलिकमको सेवा प्रयोग गरी सम्बन्धित सेवाग्राहीलाई परिवार, आफन्त तथा अन्य आवश्यक व्यक्तिसँग सञ्चार सम्पर्क कायम गर्न सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर