आज सुन तोलामा एक सय घट्यो भने चाँदीमा ७५ रुपैयाँ बढ्यो
काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला तीन लाख २२ हजार एक सय रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो मंगलबार सुन प्रति तोला तीन लाख २२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ । हिजो मंगलबार प्रति तोला चार हजार नौ सय रुपैयाँमा कारोबार भएको चाँदीको आज तोलामा चार हजार नौ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ। यसरी आजको मूल्यमा अघिल्लो दिनको तुलनामा प्रति तोला ७५ रुपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस चार हजार ६ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया
