चौथो दिन पनि घट्यो सेयर बजार

काठमाडौं । लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ। आज नेपाल स्टक क्सचेञ्ज नेप्से परिसूचक ०.२६ अंकले घटेर २६२२ विन्दुमा पुगेर बन्द भयो। मंगलबार १९.३४ अंक घटेको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ५ अर्ब ७ करोडको कारोबार भएकोमा आज ३ अर्ब २९ करोडमा सीमित रह्यो।

११० कम्पनीको सेयर मूल्य बढ्दा १५० को घट्यो भने १८ कम्पनीको मूल्य स्थिर रह्यो। आज वाणिज्य बैंक, हाइड्रोपावर, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समुहका उपसूचक घटेका छन्।  बैंकिङ ०.०६, जलविद्युत् ०.०९, निर्जीवन बीमा ०.१४, अन्य ०.१२ तथा व्यापार ०.७६ प्रतिशत बढे। विकास बैंक ०.०२, फाइनान्स ०.२२, होटल तथा पर्यटन ०.३८, लगानी ०.२८, जीवन बीमा ०.३१, उत्पादन तथा प्रशोधन ०.०४, माइक्रोफाइनान्स ०.३३ प्रतिशत घटे।

सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढ्यो। आज धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, मनकामना इन्जिनियरिङ हाइड्रोपावर तथा खानीखोला हाइड्रोपावर छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर