आज तेस्रो दिन पनि नेप्सेको ओरालो यात्रा

काठमाडौं । आज मंगलबार पनि सेयर बजार ओरालो लागेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा पुगेको छ।

आज बजारमा कुल ५ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। कारोबार रकम उल्लेख्य रहे पनि अधिकांश कम्पनीका लगानीकर्ताले नोक्सानी व्यहोरेका छन्। नेप्सेका अनुसार मंगलबार २१७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ५७ वटा कम्पनीका सेयरधनीले मात्र आम्दानी गरेका छन्।

आज सर्वाधिक कमाउनेमा सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजका लगानीकर्ता रहेका छन्। कम्पनीको सेयर मूल्य एकै दिन १४.९९ प्रतिशत अर्थात् प्रतिकित्ता ६८ रुपैयाँ ४० पैसाले बढेको हो। त्यसैगरी माउन्ट एभरेस्ट पावर डेभलपमेन्टका सेयरधनीले प्रतिकित्ता ७८ रुपैयाँ ६० पैसा आम्दानी गरेका छन्। अन्य कम्पनीका लगानीकर्ताले भने अधिकतम ४.७८ प्रतिशतसम्म मात्र नाफा कमाएका छन्।

यता सर्वाधिक गुमाउनेमा सगरमाथा जलविद्युत् कम्पनीका लगानीकर्ता परेका छन्। कम्पनीको सेयर मूल्य १०.६३ प्रतिशत अर्थात् प्रतिकित्ता ५१ रुपैयाँले घटेको नेप्सेले जनाएको छ। अन्य कम्पनीका सेयरधनीले पनि अधिकतम ९.४० प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन्।

मंगलबार पाँचवटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो। अर्थात् ती कम्पनीका लगानीकर्ताले न त नाफा कमाए, न त घाटा व्यहोरे। दिनभरिमा ५५ हजार २ सय ४६ पटक कारोबार हुँदा डेढ करोडभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको थियो। नेप्सेका अनुसार मंगलबार व्यापार उपसूचक मात्रै बढेको छ भने अन्य सबै उपसूचक ओरालो लागेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर