आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भाद्र १ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ३९ पैसा र बिक्रीदर १५२ रुपियाँ ९९ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ २८ पैसा र बिक्रीदर १७६ रुपियाँ ९७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ २३ पैसा र बिक्रीदर २०७ रुपियाँ ०४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपियाँ ४१ पैसा र बिक्रीदर १८८ रुपियाँ १४ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ९५ पैसा र बिक्रीदर १०८ रुपियाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ८३ पैसा र बिक्रीदर ११० रुपियाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ १२ पैसा र बिक्रीदर ११९ रुपियाँ ५९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५७ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ६० पैसा र बिक्रीदर २२ रुपियाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ५९ पैसा र बिक्रीदर ४० रुपियाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ८२ पैसा र बिक्रीदर ४१ रुपियाँ ९८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६० पैसा र बिक्रीदर चार रुपियाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ४९ पैसा र बिक्रीदर ४१ रुपियाँ ६५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ३० पैसा र बिक्रीदर ३७ रुपियाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ७६ पैसा र बिक्रीदर १० रुपियाँ ८० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ९९ पैसा र बिक्रीदर १६ रुपियाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ५९ पैसा र बिक्रीदर २३ रुपियाँ ६८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ४२ पैसा र बिक्रीदर १९ रुपियाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपियाँ ९८ पैसा र बिक्रीदर ४९७ रुपियाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपियाँ २१ पैसा बिक्रीदर ४०५ रुपियाँ ८० पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपियाँ ८० पैसा र बिक्रीदर ३९७ रुपियाँ ३६ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
