कारोबारको पहिलो दिन : नेप्सेमा ९ अंकको गिरावट
काठमाडौं । कारोबारको पहिलो साताको प्रथम दिन आज सोमबार सेयर बजारमा ९ अंकको गिरावट आएको छ । आज सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.०४ अंकले घटेर २६४१.०५ बिन्दुमा बन्द भएको छ ।
अघिल्लो कारोबार दिन अर्थात् गत साताको शुक्रबार पनि नेप्से १३.८२ अंकले घटेको थियो । आज नेप्सेमा कुल ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार भने नेप्सेमा कुल ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज सोमबार कारोबारमा आएकामध्ये ८२ कम्पनीको सेयर मूल्य बढ्दा १८० कम्पनीको घटेको छ । यस्तै, १४ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
प्रतिक्रिया
