आज सुनको भाउ घट्यो भने चाँदीको बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा दुई सय रुपैयाँ घटेर तोलाको ३ लाख एक हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो आइतबार सुन तोलाको ३ लाख एक हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले बढेर तोलाको ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार चाँदी तोलाको ४ हजार ६ सय ४५ मा किनबेच भएको थियो ।
प्रतिक्रिया
