आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज साउन २३ गते शनिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । शुक्रबार भने एकको खरिददर १५२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा थियो।
त्यस्तै युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २७ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०५ रुपैयाँ १६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रुपैयाँ १४ पैसा तोकिएको छ ।
