आज शुक्रबार सुनमा ९ सय र चाँदीमा १० रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको भाउ प्रति तोला नौ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ ।
बिहीबार सुन प्रतितोला दुई लाख ९६ हजार रूपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा चार हजार पाँच सय ७० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार पाँच सय ८० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार दुई सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
