आज नेप्से दोहोरो अंकले ओरालोतर्फ

काठमाडौं । साताको कारोबारको चौथो दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। कारोबारको अन्त्यमा नेप्से १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा पुगेको हो।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक घट्दा केवल एक उपसमूह मात्र बढेको नेप्सेले जनाएको छ। अधिकांश समूहमा बिक्री दबाब बढेपछि समग्र बजार ओरालो लागेको हो। कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ४७ करोड २४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

बिहीबार अप्पर लोहोरे खोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। यता एलएस होराइजन–१२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। उक्त म्युचुअल फन्डको इकाई मूल्य ६.५० प्रतिशतले घटेको छ।

नेप्सेका अनुसार आज ३४७ कम्पनीका १ करोड ८ लाख ४ हजार ४२६ कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर