आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज साउन १६ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ३२ पैसा र बिक्रीदर १५२ रुपियाँ ९२ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ २६ पैसा र बिक्रीदर १७५ रुपियाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ ८९ पैसा र बिक्रीदर २०५ रुपियाँ ६९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपियाँ ४६ पैसा र बिक्रीदर १८९ रुपियाँ २० पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ १६ पैसा र बिक्रीदर १०७ रुपियाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ६८ पैसा र बिक्रीदर १०९ रुपियाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ ६९ पैसा र बिक्रीदर ११९ रुपियाँ १६ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५२ पैसा र बिक्रीदर नौ रुपियाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ५६ पैसा र बिक्रीदर २२ रुपियाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ५६ पैसा र बिक्रीदर ४० रुपियाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ८० पैसा र बिक्रीदर ४१ रुपियाँ ९६ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५६ पैसा र बिक्रीदर चार रुपियाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ४७ पैसा र बिक्रीदर ४१ रुपियाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ २७ पैसा र बिक्रीदर ३७ रुपियाँ ४२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ६० पैसा र बिक्रीदर १० रुपियाँ ६४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ९७ पैसा र बिक्रीदर १६ रुपियाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ४५ पैसा र बिक्रीदर २३ रुपियाँ ५४ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ४२ पैसा र बिक्रीदर १९ रुपियाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपियाँ ०३ पैसा र बिक्रीदर ४९६ रुपियाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपियाँ ९८ पैसा बिक्रीदर ४०५ रुपियाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपियाँ ६२ पैसा र बिक्रीदर ३९८ रुपियाँ १८ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
