बर्ड फ्लुपछि फेरि बढ्यो अण्डाको मूल्य

काठमाडौं ।  बर्ड फ्लु संक्रमणका कारण अन्डा उत्पादन घटेपछि अन्डाको समर्थन मूल्य प्रतिक्रेट ३० रुपैयाँले बढाइएको छ।

नेपाल लेयर्स कुखुरापालक संघका अनुसार ठूलो अन्डाको मूल्य ५३०, मिडियम ५०० र एक्सएल ५४५ रुपैयाँ प्रतिक्रेट पुगेको छ भने उपभोक्ता मूल्य प्रतिगोटा २५ रुपैयाँ कायम गरिएको छ।

संघका अनुसार बर्डफ्लुका कारण करिब १० लाख कुखुरा नष्ट हुँदा दैनिक अन्डा उत्पादन ४३ लाखबाट घटेर २९ लाखमा झरेको छ। उत्पादन घटेसँगै बजारमा मूल्य बढेको भए पनि किसानले अझै लागतअनुसारको मूल्य नपाएको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर