चौथो दिन पनि नेप्से परिसूचक ओरालो
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार चौथो दिन पनि ओरालो लागेको छ। बिहीबार नेप्से १६.२९ अंकले घटेर २,६७२.५८ विन्दुमा बन्द भएको हो।
बजारमा गिरावट आए पनि कारोबार रकम भने ३ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी पुगेको छ। दिनभर ४४ हजार ६५१ कारोबारमार्फत ३३७ कम्पनीका ७५ लाख ४८ हजार कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ३८ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। आज कारोबार भएका कम्पनीमध्ये ५९ कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको मूल्य घटेको छ। ११ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रह्यो। कम्पनीको २४ करोड ३८ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसपछि कर्पोरेट डेभलपमेन्ट बैंकको १५ करोड ३३ लाख रुपैयाँ र रिडी पावर कम्पनीको १० करोड ७७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आजको कारोबारमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सर्वाधिक १५ प्रतिशत नाफा कमाएका छन्। अधिकांश अन्य कम्पनीको सेयर मूल्य भने घटेको वा सामान्य उतारचढावमा सीमित रहेको छ।
