सेयर बजार आज बुधबार ओरालो लागेर बन्द

काठमाडौं ।  सेयर बजार आज बुधबार ओरालो लागेर बन्द भएको छ ।  कारोबारको अन्त्यमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.९५ अंकले घट्दै २७१२ अंकमा कायम भएको हो।

गत साताको मंगलबारदेखि मंगलबारसम्म बजार निरन्तर उकालो लागेर बन्द भएको थियो। आज ७७ कम्पनीको सेयर मूल्य बढ्दा १९३ कम्पनीको मूल्यमा गिरावट आयो। सात कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा बुधबार ५ अर्ब १८ करोड रुपैयाँमा सीमित भयो।

समूहगत सूचकतर्फ अधिकांश क्षेत्र राताम्मे रहे। फाइनान्स समूह ०.४९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.४५ प्रतिशतले बढेका छन्। बाँकी सबै समूहका सूचकमा गिरावट देखिएको छ।

सबैभन्दा धेरै गिरावट व्यापार समूहमा देखियो, जसको सूचक २.६० प्रतिशतले ओरालो लाग्यो। यस्तै बैंकिङ ०.२७ प्रतिशत, विकास बैंक ०.२४ प्रतिशत, होटल तथा पर्यटन ०.३१ प्रतिशत, जलविद्युत् ०.५७ प्रतिशत, लगानी ०.५० प्रतिशत, जीवन बीमा ०.६५ प्रतिशत, माइक्रोफाइनान्स ०.४२ प्रतिशत, निर्जीवन बीमा १.२६ प्रतिशत तथा अन्य समूह ०.९८ प्रतिशतले घटे।

हालै दोस्रो बजारमा सूचीकृत एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले उकालो लाग्दै सबैभन्दा बढी बढ्ने कम्पनी बन्यो। त्यसपछि बुंगल हाइड्रोपावर १०.५० प्रतिशत, सालपा विकास बैंक ५.९२ प्रतिशत, पियोर इनर्जी ५.२३ प्रतिशत र श्रीनगर एग्रिटेक ४.३२ प्रतिशतले बढेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर