आज मंगलबार नेप्से ७.२५ अंकले उकालो लाग्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज मंगलबार लगातार छैटौं कारोबार दिन पनि बढेको छ । नेप्से ७.२५ अंकले उकालो लाग्दै २,७२६.०६ विन्दुमा पुगेको छ, जुन जेठ २८ यताकै उच्च स्तर हो ।
आज ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा १०३ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको घट्यो भने १२ कम्पनी स्थिर रहे ।
समूहतर्फ व्यापार, अन्य, उत्पादन तथा प्रशोधन, लगानी र बैंकिङ समूह बढेका छन् भने विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहमा सामान्य गिरावट देखिएको छ ।
एभरेस्ट कलर, कालंगा हाइड्रोपावर र बोटलर्स नेपाल (बालाजु) सर्वाधिक बढ्ने कम्पनीमा रहे । कारोबार रकमका आधारमा रिडी पावर, आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर अग्रस्थानमा रहे ।
