आज सुनमा एक हजार र चाँदीमा ५० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको भाउ बढेको छ । हिजो सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा एक हजार र चाँदीको ५० रुपैयाँ बढेको हो।

मूल्य बढेसँगै मंगलबार छापावाला सुनको भाउ प्रति तोला दुई लाख ८५ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ। सुनको भाउ सोमबार प्रति तोला दुई लाख ८४ हजार ६ सय रुपैयाँ रहेको थियो ।

यता, हिजो सोमबार प्रति तोला चार हजार तीन सय २० रुपैयाँ रहेको चाँदीको भाउ आज मंगलबार बढेर चार हजार तीन सय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर