आज सोमबार पनि सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रति तोला ६ सय रुपैयाँ बढेर २ लाख ८४ हजार ६ सय रुपैयाँ पुगेको छ ।

हिजो आइतबार सुन प्रति तोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि प्रति तोला ८० रुपैयाँ बढेर ४ हजार ३ सय २० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रति औंस ४ हजार १६ अमेरिकी डलर आसपासमा खरिदबिक्री भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर