आज बिहीबार नेप्से परिसूचकमा सामान्य सुधार
काठमाडौं । आज बिहीबार नेप्से परिसूचक ७.५० अंकले बढेर २,५९७.८० विन्दुमा पुगेको छ । बजारसँगै कारोबार रकम पनि बढ्दै ४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।
आज ३७१ कम्पनीका ९४ लाख ६९ हजार कित्ता सेयर किनबेच भए। १२१ कम्पनीको मूल्य बढ्दा १५१ कम्पनीको घट्यो भने ३ कम्पनी स्थिर रहे । एनआइबिएल ग्रोथ फण्ड १४.९६ प्रतिशतले बढेर सर्वाधिक लाभमा रह्यो भने कर्पोरेट डेभलपमेन्ट बैंक ८.७७ प्रतिशतले घटेर सर्वाधिक गुमाउने कम्पनी बन्यो ।
सिंगटी हाइड्रो इनर्जीको २४ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदै सर्वाधिक कारोबार भएको कम्पनी बन्यो । म्युचुअल फण्ड समूहको परिसूचक १.६६ प्रतिशतले बढ्दै सबैभन्दा बढी सुधार देखिएको छ ।
प्रतिक्रिया
