आज बुधबार सुनमा आठ सय र चाँदीमा ५५ रुपैयाँ वृद्धि
काठमाडौं । आज बुधबार सुनको भाउमा ८ सय रुपैयाँ बढेर २ लाख ८४ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महाहसंघले जनाएको छ। यसअघि मंगलबार सुन तोलामा १ हजार २ सय घटेको थियो भने सोमबार तोलामा २ हजार ८ सय घटेको थियो।
हिजो सुनको भाउ २ लाख ८४ हजार रुपैयाँ थियो। गएको आइतबार भने सुनको भाउ तोलामा ६ सय बढेको थियो। त्यसैगरी चाँदीको भाउ भने आज तोलामा ५५ रुपैयाँ बढेर ४ हजार ४ सय १५ रुपैयाँ पुगेको छ। हिजो मूल्य घटेर सुनको भाउ ४ हजार ३ सय ६० रुपैयाँमा झरेको थियो।
प्रतिक्रिया
